झाले ब्युँताए सद्भावना पार्टी

11

काठमाडौं । अनिलकुमार झाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० का वरिष्ठ नेताबाट राजीनामा दिएर नेपाल सद्भावना पार्टी ब्युँताएका छन्। झाले लोसपा वरिष्ठ नेता र साधारण सदस्यसमेतबाट दिएको राजीनामा अध्यक्ष महन्थ ठाकुरले हालै स्वीकृत गरिदिएका थिए। लोसपा छाडेपछि झाले आफ्नो पुरानो पार्टी नेपाल सद्भावना पार्टी ब्युँताएका हुन्। उनले सद्भावना पार्टी अद्याविधक गर्न निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए।

अनिलकुमार झा पहिले पनि नेपाल सद्भावना पार्टीका अध्यक्ष थिए। उनले उक्त पार्टी राष्ट्रिय जनता पार्टी ९राजपा० मा मिसाएका थिए। तर राजपा धेरै चलेन। त्यसपछि उनी लोसपामा सक्रिय थिए। पछिल्लो समय लोसपामा निस्क्रिय रहेका झाले लोसपा परित्याग गर्दै नेपाल सद्भावना पार्टी ब्युँताएका हुन्।