भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले वागेहिटीस्थित ऐतिहासिक त्रिलोकेश्वर महादेव मन्दिरमा आयोजना गरिएको महायज्ञमा नगद दुई लाख एक हजार रुपैयाँको सहयोग प्रदान गर्नुभएको छ। वडा न. ७ को वागेहिटीमा रहेको त्रिलोकेश्वर महादेव मन्दिरमा नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा
श्रावणी मेला लगाइएको हो ।
उक्त धार्मिक समारोहको समापन सभालाई सम्बोधन गर्दै उपप्रमुख बुढाथोकीले भन्नू भयो “धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा यस्ता आयोजनाले महत्वपूर्ण योगदान पुग्ने छ ।” धार्मिक कार्यबाट पनि समाजको हित र विकासको काम गर्न सकिने भन्दै उपप्रमुख बुढाथोकीले यस्ता काममा सबै एकजुट भएर लाग्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
उक्त धार्मिक आयोजनाले धार्मिक पर्यटकहरूको आकर्षण बढाउनुका साथै नगरकोट भ्रमण वर्ष–२०८२ सफल पार्न सहयोग पुग्ने आयोजक समिति तथा स्थानीयवासीहरूको विश्वास छ।
तीन तले महादेवका रूपमा प्रसिद्ध त्रिलोकेश्वर महादेव मन्दिरमा साउन ५ गतेदेखि १७ गतेसम्म शिव पुराण ज्ञान महायज्ञ तथा साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञ भव्य रूपमा सम्पन्न भएको थियो।















