Sunday, September 20, 2026
Home समाचार भक्तपुर मालपोतका हाकिमले २४ लाख घुस लिएपछि…..

भक्तपुर मालपोतका हाकिमले २४ लाख घुस लिएपछि…..

198
GETTY IMAGES

भक्तपुर । मालपोत कार्यालय भक्तपुरका हाकिम नै पक्राउ परेका छन् । मोही र तल्सिङको मुद्दा मिलाउने भन्दै उनीहरूले सेवाग्रहीबाट साढे २४ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोली हाकिर अर्का एक कर्मचारीलाई नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई रंगेहात पक्राउ गरेको हो।

उनीहरूको साथमा रहेको २ थान मोबाइल पनि जफत गरिएको अख्तियार जानकारी दिएको छ।  भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी पूर्जा बनाउने प्रायोजनका लागि उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ। यस बारेमा थप अनुसन्धान भई रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।