भक्तपुर । नेकपा एमालेका केन्द्रिय सदस्य तथा भक्तपुरको चाँगुनारायण नगरपालिका निर्वतमान मेयर सोम प्रसाद मिश्रको पुस्तक शनिबार एक कार्यक्रमकाबीच सार्वजनिक हुदैंछ । मिश्रले लेख्नुभएको ‘शक्तिराष्ट्रका राजनीतिक दलहरू तुलनात्मक अध्ययन’ पुस्तक सभामुख श्री देवराज घिमिरेको प्रमुख आतिथ्यतामा विमोचन गर्ने तयारी भइरहेको प्रकाशक सिद्धान्त न्यौपानेले जानकारी दिनुभएको छ ।
उक्त समारोहमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा एमालेका सचिब योगेश भट्टराई, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत नेकपा माओवादी केन्द्र र रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीको वक्ताको रुपमा उपस्थिती हुने न्यौपानेले बताउनुभयो । भक्तपुरको नयाँ थिमिस्थित मध्यपुर अस्पताल नजिकै रहेको मिडभ्याली कलेजमा शनिबार ११ बजे उक्त कार्यक्रम सुरु हुने आयोजकले जानकारी दिएको छ ।














