Wednesday, September 30, 2026
Home समाचार नेपाल प्रजनन् प्रतिवेदन २०८२ः मधेशमा सबै भन्दा धेरै, बागमती प्रदेशमा कम...

नेपाल प्रजनन् प्रतिवेदन २०८२ः मधेशमा सबै भन्दा धेरै, बागमती प्रदेशमा कम बच्चा जन्मिए

35

काठमाडौं । केही दशकयता नेपालमा जनंसख्या वृद्धिदरमा कमि हुन थालेको देखिन्छ । वि.स २०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २,९१,६४,५७८ जना रहेको छ । जस मध्य पुरुषको संख्या १,४२, ५३, ५५१ र महिलाको संख्या १,४९,११,०२७ जना रहेको छ । यसलाई प्रतिशतमा भन्नु पर्दा नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या बढि रहेको देखिन्छ । केन्द्रिय तथ्यांक विभागको रेर्कड अनुसार ५१.१ प्रतिशत महिला र ४८.९ पुरुष रहेका छन् ।

नेपाल प्रजनन प्रतिवेदन २०८२ अनुसारले वि.सं. २००९ देखि २०७८ सम्मका प्रजनन प्रवृत्ति र ती सँग सम्बन्धित कारकहरूको विश्षणले प्रस्तुत गरेको छ । वि.सं. २०३८ मा कुल प्रजननदर ६.९ रहेको थियो जुन २०७८मा घटेर १.९४ मा आएको छ । प्रदेशगत प्रजननदरमा पनि उल्लेखनीय असमानता देखिन्छ ।
नेपाल अहिले प्रतिस्थापनस्तरको प्रजननदर २.१ भन्दा पनि तल पुगेको स्थिति छ । सबैभन्दा उच्चतम कुल प्रजननदर मधेस २.८५ र कर्णाली २.१९ प्रदेशमा रहेको छ भने बागमती १.३७ र गण्डकी १.५४ न्यून प्रजननदर रहेका प्रदेश हुन ।

बागमती र गण्डकी प्रदेशमा रहेको न्यून प्रजननदरका पछाडि सहरीकरणका साथसाथै विलम्बित विवाहको भूमिका रहेको छ । किशोरावस्था १५–१९ का महिलाहरूको प्रजननदर पनि सोचनीय छ । विशेष गरी मधेस ०.०८५ र कर्णाली ०.०७५ प्रदेश जहाँ छिटो विवाहलगायत अशिक्षा वा न्यून शैक्षिक स्तरले यस्तो अवस्था सिर्जित भएको देखिन्छ । माथि उल्लेख गरिएझै सहरीकरण र ढिलो विवाहको प्रवत्तिले गर्दा काठमाडौं जिल्ला र बागमती प्रदेशमा पनि प्रजननदर न्यून रहेको छ ।

प्रतिवेदनले मधेस प्रदेशलाई असमान प्रजननदरको उदाहरण मान्दा शिक्षाको कम स्तर, स्वास्थ्य सेवाको अभाव र आर्थिक अवसरहरूको कमीका कारण अन्य प्रदेशहरूभन्दा तलनात्मक रूपमा उच्च प्रजननदर रहेको छ । सहरी क्षेत्रहरूमा र विशेष गरी बागमती प्रदेशमा प्रजननदर न्यून देखिन्छ ।
प्रजननदर खासगरी भूगोल, सामाजिक, आर्थिक अवस्था र जातजातिका आधारमा हेर्दा असमान देखिन्छ । शिक्षा र स्वास्थ्य सुविधाहरूमा विद्यमान सीमित पहुँचका कारणले हिमाली तथा पहाडी क्षेत्रहरूमा प्रजननदर उच्च रहने गरेको छ । शिक्षित महिलाहरूमाझ प्रजननदर न्यून छ भने विपन्न परिवारका महिलाहरूमाझ प्रजननदर उच्च रहेकोले त्यहाँ परिवारको आकार औसतभन्दा ठुलो देखिन्छ । सीमान्तकृत समुदायहरूभित्र पनि उच्च प्रजननदर देखिएको छ ।

पूर्ण प्रतिवेदन हर्नुहोस्
Fertility in Nepal Report_iewkmnk