काठमाडौँ । राजावादी समूहको आन्दोलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ परेका छन् । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् । आइतबारको राजावादी प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ ।
काठमाडौंको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो । प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।














