Friday, September 18, 2026
Home अन्तर्राष्ट्रिय भारतले पाकिस्तानमा गरेको आक्रमणमा ३१ जनाको मृत्यु

भारतले पाकिस्तानमा गरेको आक्रमणमा ३१ जनाको मृत्यु

50

एजेन्सी । बुधबार भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ।बुधबार राति १:०५ बजेदेखि साढे १ बजेसम्म भारतले पाकिस्तानका नौवटा ठाउँलाई लक्ष्य गरेर मिसाइल आक्रमण गरेको थियो। आक्रमणमा परी ३१ जना पाकिस्तानी नागरिकहरुको मृत्यु भएको त्यहाँको सेनालाई उद्धत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

आक्रमणमा ४६ जना घाइते भएको पनि सेनाका प्रवक्ताले बताएका छन्।भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि पाकिस्तानको सेनाले जम्मू-कश्मिरको सिमा क्षेत्र लाइन अफ कन्ट्रोलमा बमबारी गर्दा १० जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ।
भारतले पहलगाममा भएको आतंकवादी हमलाको जबाफस्वरूप पाकिस्तानमा हवाई आक्रमण गरेको बताएको छ। आक्रमणलाई उसले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ।उसले ती आतंकवादी समूहका नौ वटा अड्डाहरूलाई निशाना बनाएर आक्रमण गरेको भनेको छ।
भारतले गरेको आक्रमणको जबाफ पाकिस्तानले दिने घोषणा गरिसकेको छ।