काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कसरी अगाडि बढ्ने भन्नेबारे विज्ञहरुसँग अनौपचारिक छलफल थालेका छन् । स्रोतका अनुसार कुलमानले दुईवटा विकल्पमा छलफल थालेका छन् । सरकारले आफूलाई हटाउने निर्णय गरेकोमा न्याय मागन अदालत जाने विषयमा पनि उनले कानुनविदहरुसँग छलफल थालेका हुन् ।
दोस्रो विकल्पमा रुपमा पत्रकार सम्मेलन गरेर विद्युतको महसुल नतिर्नेहरुको नाम सार्वजनिक गर्ने र अदालत नगई भविष्यमा राजनीतिमा जाने कि भन्नेबारे पनि घिसिङले आन्तरिक छलफल गरिरहेको स्रोतले खबरहबलाई बतायो ।मंगलबार बिहानसम्म सरकारले घिसिङलाई बर्खास्तीको पत्र थमाइ नसकेको हुनाले पत्र आइसकेपछि कुनै एउटा विकल्पमा अगाडि बढ्ने घिसिङको तयारी रहेको बुझिएको छ ।













