‘स्वाइन फ्लु’ बाट १८ बंगुर मरे

14

तनहुँ । ‘स्वाइन फ्लु’ बाट तनहुँमा १८ बंगुर मरेका छन् । तनहुँको भिमाद नगरपालिकामा १४ वटा, शुक्लागण्डकीमा २ वटा र व्यास र ऋषिङ्ग गाउँपालिकामा १/१ वटा गरी ‘स्वाइन फ्लु’बाट १८ वटा बंगुर मरेको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख रविचन्द्र अधिकारीले बताउनुभयो ।

बंगुरमा ‘स्वाइन फ्लु’ देखिएका कारण जिल्लामा बंगुर ओसारपोसारमा पूर्ण रुपमा रोक लगाएको उहाँले बताउनुभयो । स्वाइनफ्लुबाट जोगिन बंगुर फर्महरूमा उच्च सावधानी अपनाउन अनुरोध गरिएको पनि उहाँले बताउनुभयो । बंगुर फर्ममा जैविक सुरक्षा सावधानी अपाउन विज्ञहरूले सुझाव दिएका छन् । ‘स्वाइन फ्लु’ देखेपछि बंगुरपालक किसान चिन्तित बनेका छन् । तनहुँमा ३० वटा ठूला बंगुर फर्मले व्यवसायिक रुपमा बंगुर पालन गर्दै आएका छन् । -KTV