Friday, September 18, 2026
Home अर्थ सुनको मुल्य बढ्यो

सुनको मुल्य बढ्यो

18

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७६५ रुपैयाँमा रहेको चाँदी आज १७९० रुपैयाँ पुगेको छ ।