स्वास्थ मन्त्री थापाद्वारा टोखा अस्पताल अनुगमन

11

काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सोमबार काठमाडौको टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गर्नुभएको छ । स्वास्थ्यमन्त्री थापाले अस्पतालको अनुगमन गर्दै अस्पतालको अवस्था र उपचार सेवाका बारेमा अस्पताल प्रशासन, सेवाग्राही एवम् सेवाग्राहीका आफन्तसँग जानकारी लिनुभएको छ । अस्पतालमा रहेका उपकरण, औषधीहरुलगायतका सामग्रीहरुको अधिकतम उपयोग गरेर सेवाग्राहीहरुलाई सेवा दिन अस्पताल प्रशासनलाई उहाँले निर्देशन दिनुभयो । उहाँले
राम्रो काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्नुपर्ने पनि उहाँको भनाई थियो । अस्पतालहरुको सेवा सुधारमा प्रदेश सरकारले सहयोग गरीरहेको भन्दै यसलाई अझ बिस्तार गर्ने बताउनु भयो ।

मन्त्री थापाले अस्पतालको गतिविधि बारेमा जानकारी लिँदै सरल र सहज ढंगबाट नागरिकले पाउने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । अनुगमनका क्रममा स्वास्थ्य मन्त्री थापासहित स्वस्थ्य मन्त्रालय महाशाखा प्रमुख एवम् प्रवक्ता डा।खगेश्वर गेलाल , टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारि ,वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ , अस्पतालका ब्यवस्थापन समितिका पुर्व अध्यक्ष डा। दिपेन्द्र श्रेष्ठसहितको टोलि सहभागी थियो । अनुगमनका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। श्रीधर अर्यालले अस्पतालको सेवा एवम समस्याको बारेमा जानकारी गराउनु भएको थियो ।

यसैगरी सोमबार नै मन्त्री थापा प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्रद्वारा आयोजित हेमोफिलियाबाट प्रभावित ब्यक्तिहरूका लागि एन्टि हेमोफिलिक फ्याक्टर खरिद तथा बिक्रि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सहभागि हुनुभएको छ । रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्थाको न्यूनीकरणका लागि यो कार्यक्रम प्रभाभकारी हुने उहाँको भनाई छ । सोमबार नै स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले आयोजना गरेको रक्त संचारका लागि निशुल्क ब्लड ब्याग कार्यक्रमको प्रदेश स्तरिय समिक्षा गोष्ठिमा समेत प्रमुख अतिथिको रूपमा सहभागि हुनुभएको छ ।