भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार शुक्रबार बिहान करिब ३ बजे चाँगुनारायण नगरपालिका वडा नं ४ नारायणटारमा आगलागी भएको हो । लामखुट्टे मार्नकोलागि कोइला बालेकोमा अचानक आगलागी भएको खबर प्राप्त हुनसाथ तत्कालै प्रहरी, दमकल र स्थानिय बासिहरुको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट १ वटा जर्सी गाई, १ वटा बाख्राको मृत्यु भएको छ । जसबाट करिश साठी हजार क्षति भएको अनुमान गरिएको छ ।













