भक्तपुर । भक्तपुरका पाँच विद्यालयको शैक्षिक सुधारका लागि काठमाडौँ विश्वविद्यालयले साथ दिने भएको छ । विद्यालय शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन फोर एस एजुकेटर्स र काठमाडौँ विश्वविद्यालयबिच सहकार्य भएको छ । एक्काइसौँ शताब्दीको प्रगतिशील सोचको व्यावहारिक तथा जीवनोपयोगी शिक्षा विद्यार्थीहरूलाई प्रदान गर्ने उदेश्यले सहकार्य गरिएको हो । पाठ्यक्रमको मूलभूत उद्देश्य र मर्म नबुझे सार्थक शिक्षा नहुने भन्दै दुई पक्षबिच सहकार्य गरिएको विश्वविद्यालयले जनाएको छ । फोर एस एजुकेटर्स भक्तपुर अन्तर्गतका पाँच वोटा विद्यालयहरूमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कार्यक्रम सञ्चालन गरिने इष्ट प्वाइन्ट स्कुलका प्रार्चाय रमेश चन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
भक्तपुरको विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर थिमि, माउन्ट भ्यु ई स्कुल बालकोट भक्तपुर , इस्ट पोइन्ट एकेडेमी स्कुल कमल विनायक भक्तपुर, एडभान्स एकेडेमी बोडे भक्तपुर एवम् क्रिएटिभ लर्नर्स एकेडेमी मध्यपुर ठिमि र काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनबिच शिक्षकहरूको पेसागत सीप अभिवृद्धि गर्न, विद्यालय व्यवस्थापनमा सुधार ल्याउन र अन्य शैक्षिक क्रियाकलापहरूमा सहकार्यका लागि सम्झौता भएको हो ।
सो कार्यक्रममा बोल्द स्कुल अफ एजुकेसनका डिन डा. लुइटेलले विश्वविद्यालयले विद्यालय शिक्षाको सुधारका लागि आवश्यकतामा आधारित भएर विभिन्न तालिम, गोष्ठी र शैक्षिक कार्यक्रम सञ्चालनमा नरहेको बताए । कार्यक्रममा उपस्थित प्रिन्सिपलहरूको तर्फबाट विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले यो सम्झौता विद्यालयहरूको शैक्षिक अवस्थामा सुधार तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि कोसेढुङ्गो साबित हुनेमा आशावादी रहेको बताए ।
सम्झौतापत्र हस्ताक्षर तथा आदान प्रदान कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा।डा। बालचन्द्र लुइटेल र फोर एस एजुकेटर्स भक्तपुर अन्तर्गतका विद्यालय प्रिन्सिपलहरू सुरेन्द्र विक्रम प्रजापति, मिना महर्जन, रमेश चन्द्र श्रेष्ठ, सोमकृष्ण प्रजापति र कृष्णहरि घवा श्रेष्ठको उपस्थितिमा रहेको थियो ।