जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

11

रोल्पा । ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माडी गाउँपालिका-६ अंमराईबोट बस्ने २४ वर्षीय दिपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भनी उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।