प्रधानमन्त्री ओलीले विश्सवासको मत लिने, दुई तिहाइ पुग्ने दाबी

27
तस्विरः ओलीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार विश्वासको मत लिने भएका छन‍्। त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्नेछन्। त्यसपछि उनले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रधानमन्त्री ओलीले गत सोमबार शपथ ग्रहण गरेका थिए। सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्। विश्वासको मत पाउनका लागि १३८ मत आवश्यक पर्छ । अहिले मन्त्रिपरिषद्‌मा सहभागी रहेका दलहरूको प्रतिनिधिसभामा कायम सीट सङ्ख्या १७६ हुन आउँछ ।

प्रतिनिधिसभाको कुल सदस्य सङ्ख्या २७५ को दुईतिहाइ बहुमतभन्दा उक्त सङ्ख्या थोरैले कम हो।आइतवार प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदहरूको सङ्ख्या पनि सत्तापक्षले १९० भन्दा बढी हुने दाबी गरेको छ।

यसअघि संसद्‌को तेस्रो ठूलो शक्ति नेकपा माओवादी केन्द्र, चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र छैटौँ ठूलो दल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।