भक्तपुर । चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०८१/०८२ को २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय बजेट बिनियोजन गरेको छ । सोमबार १५ औं नगरसभाको अधिबेशन समारोहमा नगर उपप्रमुख रमेश बुढाथोकीले बजेट प्रस्तुत गर्नुभएको हो । उपप्रमुख बुढाथोकीले नगरपालिकाको वडा न.४,
चाँगुनारायण खेल मैदान निर्माणकोलागि रु.२ करोड बजेट विनियोजन गरिएको बताउनु भयो । त्यसैगरी उपमेयर उद्यम शिलता कार्यक्रमलाई समेत २ करोड रुपैया विनियोजन गरिएको छ, उपप्रमुख बुढाथोकीले भन्नू भयो ।
उक्त समारोहमा नगरप्रमुख जीवन खत्री, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाई, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायतको उपस्थिती रहेको थियो ।














