Monday, September 21, 2026
Home समाज बालिका बलात्कारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

बालिका बलात्कारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

25

पाल्पा : बालिका बलात्कार गरेको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका-५ कुसुमखोलाका ३५ वर्षीय बृहस्पति पचभैया रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनले गत शनिबार दिउँसो १४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। पचभैया तानसेन नगरपालिका-१४ स्थित अर्गली स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत छन्। गत आइतबार पीडितले दिएको जाहेरीका आधारमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको श्रेष्ठले बताए। जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।