प्रधानमन्त्री दाहाल भरतपुर जाने, विद्यालय बन्द गर्न महानगरको उर्दी

86

काठमाडौं । घुमौं भरतपुर भन्ने मूल नाराका साथ चितवनको भरतुपर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४को सुरुवात गर्दैछ । उक्त कार्यक्रम उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली भरतपुर जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रममा महानगरले यालीमा सहभागी हुन र वडाले विद्यालयलाई बन्द गरेर कार्यक्रममा सहभागी हुन पत्राचार गर्दै उर्दी जारी गरेका छन् ।

महानगरले वडा कार्यालयसँग समन्वय गरी कक्षा ९देखि १२ कक्षा सम्ममा अध्ययनरत छात्रछात्राहरू र माध्यमिक तहका शिक्षकहरू वडास्तरको र्यालीमा विद्यालयको व्यानरसहित उपस्थित हुन निर्देशन दिएको पत्र सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरकी मेयर छिन् । यस्तो सूचना आएपछि स्थानीयहरुले विरोध जनाउन थालेका छन् ।

हेर्नुहोस् सामाजिक संजालमा सार्वजनिक भएका पत्र