Tuesday, September 22, 2026
Home राजनीति सर्वोच्चका ६ न्यायाधीशको शपथग्रहण आज

सर्वोच्चका ६ न्यायाधीशको शपथग्रहण आज

43

काठमाडौं : सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको आज शपथग्रहण हुँदैछ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका सर्वोच्चका ६ जना न्यायाधीशले आज शपथ ग्रहण गर्नेछन्। उनीहरुलाई दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिइन्। संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका थिए। योसँगै सर्वोच्चमा २० जना न्यायाधीश हुनेछन्। २१ न्यायाधीश हुने सर्वोच्चमा अझै एक पद खाली हुनेछ। न्यायपरिषद्ले मंसिर ६ गते उनीहरुको नाम सिफारिस गरेको थियो। राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराएपछि नियुक्त भएका न्यायाधीशले जिम्मेवारी सम्हाल्नेछन्।