Thursday, September 24, 2026
Home समाचार रूसी सेनामा जानेहरू भूतपूर्व सैनिकदेखि बहालवाला प्रहरीसम्म

रूसी सेनामा जानेहरू भूतपूर्व सैनिकदेखि बहालवाला प्रहरीसम्म

60

रूसी सेनामा पठाएर ठगी गरेको भन्दै प्रहरीले पक्राउ गरेका १२ जनालाई सार्वजनिक गरेको छ। बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्‍वकर्मा, काठमाडौं बस्ने सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौंका २३ वर्षीय रोजल महर्जन, बूढानीलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिराहाका १९ वर्षीय दिपेन परियार छन्। त्यस्तै, काभ्रेका २९ वर्षीय सुवास लामा, चितवनका २५ वर्षीय गोकर्ण अर्याल, बाराका २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाका २५ वर्षीया सुजाता दाहाल, लमजुङका ३५ वर्षीय ईश्वर अधिकारी र दाङका द्रोणा डाँगी पनि पक्राउ परेका छन्।पछिल्लो समय रूस र युक्रेनबीच युद्ध चलिरहेको छ। यसरी युद्ध चलिरहँदा रूसी सेनामा भर्ना हुँदा धेरै कमाइने प्रलोभनमा परी नेपालीहरू रूस जाने गरेको कुरा केही समयअघि नै खुलेको थियो।