Monday, September 21, 2026
Home स्वास्थ्य एक स्वास्थ्यकर्मीको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेसी अख्तियारको फन्दामा

एक स्वास्थ्यकर्मीको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेसी अख्तियारको फन्दामा

136

काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्र किनेका गुल्मीका एक स्वास्थ्यकर्मी अख्तियारको फन्दामा परेका छन्। भारतबाट शैक्षिक योग्यताको प्रमाण पत्र किनेर सेवा सुरु गरेको भन्दै गुल्मीको मालिका गाउँपालिका, वडा नं ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब देवबहादुर महताराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। झुटा शैक्षिक योग्यता पेश गरेर सेवा प्रवेश गरेको भन्दै अख्तियारले विशेष अदालतमा उनीविरुद्ध शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको प्रवक्ता भोला दाहालले जनाएका छन्। उनले किनेर ल्याएको शैक्षिक प्रमाणपत्र छानबिन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अहेव पदको विज्ञापन अन्तर्गतको परीक्षा दिनका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट जारी भएको एसएलसी तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी लोक सेवा आयोगबाट छनौट भई छापहिले स्वास्थ्य चौकी, गुल्मीमा नियुक्ति तथा पदस्थापना भई अहेब पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐनको दफा १६ को उपदफा (१) बमोजिमको सजाय मागदावी गर्दै मुद्दा दर्ता गरिएको हो।