Thursday, September 24, 2026
Home अन्तर्राष्ट्रिय परराष्ट्रले भन्यो – विपिन सकुशल रहेको छ

परराष्ट्रले भन्यो – विपिन सकुशल रहेको छ

24

काठमाडौं : परराष्ट्र मन्त्रालयले हमासको नियन्त्रणमा रहेको कञ्चनपुरका विपिन जोशी सकुशल रहेको जानकारी आएको बताएको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विपिन सकुशल रहेको जानकारी आएको बताइन्। उनले भनिन,‘विपिन जोशी सकुशल रहेको भन्ने एमबेसी स्रोतबाट जानकारी आएको छ,तर पुष्टि अझै भएको छैन,भेट्न कोसिस हुँदै छ।’ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो।