कैलाली : आफ्नै बुवा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो।














