Tuesday, October 6, 2026
Home राजनीति नेकपा एसद्वारा प्रदर्शनः शरणार्थी प्रकरणका दोषीलाई कारबाही होस्

नेकपा एसद्वारा प्रदर्शनः शरणार्थी प्रकरणका दोषीलाई कारबाही होस्

56

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरणका सबै अपराधीलाई कडा कारबाही गर्नुपर्ने भन्दैकाठमाडौँमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँको माइतीघरमा एकीकृत समाजवादीका मोर्चा संगठनहरुले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीहरूलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले यस प्रकरणमा कुनै पनि दबाबका कारण पछि हट्न नहुने जनाएका छन् । उनीहरूले यस प्रकरणमा निकै अघि बढिसकेको अनुसन्धानलाई पछि नधकेल्न समेत ध्यानाकर्षण गराएका छन् ।

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बलराम बास्काेटाले भ्रष्टाचार विरुद्धको आन्दोलनको उद्घोष गरेको र यसलाई देशव्यापी बनाउने बताए । राजनीतिलाई आधार बनाएर हुने भ्रष्टाचारले समग्र मुलुक र राजनीतिको बदनाम भएकाले यसलाई सदाका लागि अन्त्य हुनुपर्ने उनले बताए । समाजवादीका मोर्चा संगठनहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका साथै सबै प्रकारका भ्रष्टाचारहरूलाई छानबिन गर्नुपर्ने जनाएका छन् ।