एमालेको अडानः अयोग्य लडाकुलाई पैसा दिने कार्यविधि फिर्ता लिनुपर्ने

31

काठमाडौं । सरकारले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत दिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेको छ। अयोग्य लडाकुलाई कार्यविधि बनाएर आर्थिक सहयोग गर्ने निर्णय गत चैत ६ को मन्त्रिपरिषद बैठकले गरेको थियो।

गृह मन्त्रालयले गत वैशाख ६ गते अयोग्य लडाकुका लागि राहत दिनेसम्बन्धी कार्यविधि नै जारी गरेको थियो।प्रतिनिधि सभाको आजको बैठकमा एमालेले अयोग्य लडाकुलाई पैसा दिनेसम्बन्धी कार्यविधि नै सरकारले फिर्ता गर्नुपर्ने अडानसहित विरोध गर्ने तयारी गरेको एक सांसदले जानकारी दिए। सत्तारूढ नेपाली कांग्रेसका सांसदहरूले पनि अयोग्य लडाकुलाई पैसा दिन नहुने बरू रोजगारीको व्यवस्था गरिनुपर्ने तर्क गरिरहेका छन् । अयोग्य पूर्वलडाकु ४ हजार ८ जना छन्।