Thursday, October 1, 2026
Home समाचार भक्तपुरमा सहकारीका प्रबन्धकलाई कालोमोसो दलेर जुत्ताको माला लगाएपछि…..

भक्तपुरमा सहकारीका प्रबन्धकलाई कालोमोसो दलेर जुत्ताको माला लगाएपछि…..

305

भक्तपुर । भक्तपुरको गठठाघरमा रहेको एक सहकारीका प्रबन्धकलाई कालोमोसो दल्ले ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरस्थित  कृषि बिकास तथा ऋण सहकारीका संस्थाका प्रबन्धक निर्देशक समिर खत्रीलाई बचत कर्ताहरुले कालोमोसो दलेर जुत्ताको माला लगाएको खबर पछि घटनास्थलमा प्रहरी पुगेको थियो ।

पक्राउ परेका व्यक्तिहरु:

१. जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०७ धुन्चेपाखा बस्ने बर्ष ४४ को मुरारी नेपाल
२. जि.ओखलढुंङगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने बर्ष ३६ कि प्रेम कुमारी तामाङ
३. जि.झापा कोहोरा गा.पा.०२ घर भई हाल गठ्ठाघर बस्ने बर्ष ३९ को कृष्ण संग्रौला
४. जि.भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं.०९ बोडे बस्ने बर्ष ६३ को गोरख बहादुर गिरी
५. जि.ओखलढुङगा लिखु गा.पा.वडा नं.०४ घर भई हाल कौशलटार बस्ने बर्ष ३४ कि पबित्रा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिएका छन् । यसबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।