आइपीओमा आवेदन दिने अन्तिम दिनः मकर जितुमाया सुरी हाइड्रो

22

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज चैत २२ गते बुधबार अन्तिम दिन हो। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। यस हाइड्रोपावरले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ। यसमध्ये ५५ ९८० हजार कित्ता सामूहिक लगानी कोष० र २५ अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सीडीएसका अनुसार चैत २१ गतेसम्ममा यस कम्पनीको आइपीओमा १० लाख २९ हजार ४९४ जनाले करोड १५ लाख ३६ हजार ८६० कित्ताका लागि आवेदन दिएका छन्। यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८.६२ गुणा बढी आवेदन हो।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ। यसअघि यो हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरिसकेको छ।
लगानीकर्ताले सीआस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ दिएको छ।