हुम्ला खिरौलाखेतीबाट परिर्वनत हुदैं किसानको जिन्दगी

153

कार्तिक २४,
हुम्ला । हुम्लामा पछिल्लो समय खिरौला अर्थात् सेतो चिनीबाट स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेका छन् । जिल्लाको खेतबारी वनजङ्गलमा त्यत्तिकै खेर गहिरहेको जडीबुटी अहिले सङ्कलन गरी स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेको सिमकोट गाउँपालिका–६ निवासी लालसिंह सुनारले बताउनुभयो । विगतका वर्षमा यसको पहिचान हुन नसक्दा संरक्षणभन्दा विनाश बढी हुँदै गएको थियो । अन्नबालीलाई असर गर्ने भन्दै यो जङ्गली झारलाई नास गर्न लागि विभिन्न उपाय अपनाउनाका साथै औषधिसमेत हालिएको थियोे । अहिले यसको पहिचान भइसकेपछि स्थानीय कृषक संरक्षणतिर लागेका छन् । खिरौला खेती गर्न सके राम्रो आम्दानी हुने र व्यापारी घर दैलोमा खरिद गर्न आउने गरेको कृषक पञ्च सुनारले बताउनुभयो । यसको मूल्य जिल्लामा दिनप्रतिदिन बढ्दै गएको छ । खिरौला काठमाडौँमा प्रतिकेजी दुई हजारसम्ममा बिक्री हुने गरेको सम्बद्ध व्यापारीले बताउन थालेका छन् । जिल्लामा काँचो नपकाएको खिरौला प्रतिकेजी रु २०० देखि ३०० सम्म पर्ने गरेको अर्का कृषक लोक्ते कामीले बताउनुभयो ।

खिरौला सुकाएर बिक्री गरेमा प्रतिकेजी रु ३०० देखि ४०० सम्ममा खरिद बिक्री भइरहेको उहाँले बताउनुभयो । हुम्लामा खिरौला सहज रुपमा पाइने भएकाले स्कूल पढ्ने बालबालिकादेखि ५५÷६० वर्षका वृद्धाले समेत यो जडीबुटी सङ्कलनका लागि एकाबिहानै जङ्गल तथा खेतबारीमा जाने गरेका छन् । एक दिनमा एकजनाले कम्तीमा पाँच केजीसम्म खिरौला सङ्कलन गर्ने र यसबाट दिनमा रु दुई हजारसम्म कमाइ हुने गरेको छ । यो जडीबुटी हुम्लाका सातवटै गाउँपालिमा पाइन्छ । यसको माग छिमेकी राष्ट्र चीनमा समेत अत्यधिक छ । स्थानीयवासीले यसलाई आगोमा पकाएर चिनीका रुपमा प्रयोग गर्दै आएका छन् ।