Saturday, October 3, 2026
Home राजनीति मैले सय दिन पाएको भए कति जना भ्रष्टाचारी जेल गैसक्थे

मैले सय दिन पाएको भए कति जना भ्रष्टाचारी जेल गैसक्थे

29

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकार बन्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा उनले त्यसपछि कुनै पनि ताकतले रोक्न नसक्ने बताएका हुन् ।

आगामी १० वैशाखमा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाए पनि केही फरक नपर्ने बताए । आफू त्यसको सामना गर्दै अगाडि बढ्ने उनको दाबी छ ।

उनले पार्टी गठनको ६ महिनामा २० सिट जितेको र अब पाँच वर्षमा दुई तिहाइ बहुमत ल्याएर सरकार चलाउने कुरामा ढुक्क हुन आग्रह गरे। उनले भने, ‘अब ५ वर्षमा दुई तिहाइ हुनसक्छ’ उनले भने–‘जसले जति मुद्दा र षड्यन्त्र गरे पनि पछि हट्ने छैनौँ।’ उनले ३२ दिन सरकारमा बस्दा काम देखाउन आफूले कोसिस गरेको बताए । उनले भने, ‘१०० दिन पाएको भए तपाईँले देख्नुहुन्थ्यो कति जना भ्रष्टाचारी जेल जान्थे।’