Saturday, October 31, 2026
Home राजनीति कांग्रेसको निर्णयः चितवन- २ मा जीतनारायण उम्मेदवार

कांग्रेसको निर्णयः चितवन- २ मा जीतनारायण उम्मेदवार

43

काठमाडौं । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवार बन्ने निर्णय लगत्तै उनले आफू धर्तिपुत्र भएको बताउँदै मंसिरको निर्वाचनको परिणाम वैशाखमा उल्टिने घोषणा गरेका छन्। श्रेष्ठ चितवन कांग्रेसका पूर्व सभापतिसमेत हुन् । मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनबाट चुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि यो क्षेत्र रिक्त भएको थियो। अहिले लामिछाने पुनस् नागरिकता लिएर चुनाव लड्ने तयारीमा रहेका छन्। नेकपा एमालेले पनि बलियो उम्मेदवार अघि सार्ने तयारी थालेको छ।चितवन २ सहित देशका तीन निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।