Sunday, September 20, 2026
Home समाचार टिपरको ठक्करबाट २४ वर्षीय सन्दीपको मृत्यु

टिपरको ठक्करबाट २४ वर्षीय सन्दीपको मृत्यु

43

काठमाडौँ । दक्षिणकाली नगरपालिका–२ ग्वालदहमा टिपरले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। नुवाकोटको बेल्कोटगढी नगरपालिका १ घर भएका २४ वर्षीय सन्दीप तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

बागमती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनि टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई गए राति ठक्कर दिएको प्रहरीले जनाएको छ। ललितपुरको भैँसेपाटी स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा तामाङको मृत्यु भएको हो। दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ।