Sunday, September 20, 2026
Home शिक्षा साईनिङ स्कूलको ३० औं वार्षिकोत्सव सम्पन्न

साईनिङ स्कूलको ३० औं वार्षिकोत्सव सम्पन्न

55

भक्तपुर । चाँगुनारायण नगरपालिका–५मा रहेको साईनिङ स्कूलमा ३० औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सासद माननिय प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न साईनिङ इङ्गलिस सेकेण्डरी स्कुलको ३० औं वार्षिकोत्सव, शिक्षक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।प्रमुख अतिथि प्रेम सुवालले सांसदले देश भरिको समस्या उजागर हुने कानून तथा नीति निर्माणमा लागि पर्नुपर्ने र मन्त्रीको भागवण्डा नलागी पदीय दायित्व जिम्मेवारीपूर्वक बहन गर्नुपर्ने बताए । उनले सरकारमा जाने राजनैतिक दलका नेता तथा कार्यकताहरूका अदुर्शीताका कारण विदेशीले एमसी, एसपिपी, देशघाती नागरिकता विधेक जस्ता एजेन्डा मार्फत देशलाई सिक्किमीकरण गर्न लागेको हुदाँ यस कार्य विद्ध संघर्षरत रहनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको साइनिगं स्कुल चाँगुनारायण नगरपालिकाको एक अब्बल र उत्कृष्ट निजी स्कुलको रुपमा अभिभावक एवं विद्यार्थीको विश्वास जित्न सफल रहेको बताउँदै शैक्षिक उन्नयनमा अमीट छाप छोड्न अग्रसर देखिएको बताए । अध्यक्ष खड्काले आगामि शैक्षिक वर्षदेखि थप आकर्षक शैक्षिक कार्यक्रमहरु संचालनमा ल्याउने र मन्टेश्वरी माध्यमबाट पूर्व प्राथमिक कक्षा संचालन गर्ने साइनिगं स्कुलमा अभिभावकहरुले आफ्ना बालबालिकाहरु भर्ना गरी लाभान्वित हुन शुभेच्छा व्यक्त गरे ।

स्कुलको ३० औं वार्षिकोत्सव कार्यक्रममा विद्यालयकी प्रिन्सिपल लक्ष्मी खाताखोले विद्यालयको प्रतिवदेन प्रस्तुत गरेकी थिइन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सूर्य बहादुर फोजुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजू, विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुछु, चांगुनारायण नगरपालिका ५ वडाध्यक्ष जयन्द्र खड्का, चागुनारायण नगरपालिका बडा नं ४ का वडाअध्यक्ष रोज बहादुर तामाङ, राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसियसन नेपाल केन्द्रीय अध्यक्ष पाण्डव हमाल ढकुरी, नेशनल प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने, नेशनल प्याब्सन केन्द्रीय सदस्य गोविन्द बहादुर खड़का, हात्तिवन सामाजिक सेवा केन्द्रका उपाध्यक्ष रामकुमार बस्नेत, हाँस्य कलाकार किरण के।सी, नेपाल क्यारिएर ट्रेनिङ फाउन्डेसनका प्रतिनिधि सुनिता घिमिरे कार्की, यूजडो अध्यक्ष राम दुवाल लगायतको उपस्थिती रहेको थियो ।