नेपालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या १० हजार नाघ्यो

38

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने चिकित्सकको सङ्ख्या ३२ हजार नाघेको छ । काउन्सिलमा दर्ता हुनेको सङ्ख्या ३२ हजार ३१८ पुगेको रजिष्ट्रार डाक्टर कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । यस्तै, नेपालमा विशेषज्ञ चिकित्सकको संख्या १० हजार नाघेको छ ।

उनका अनुसार विशेषज्ञता हासिल गर्ने चिकित्सक १० हजार ८० पुगेको हो । जसमध्ये १ हजार ८० जनाले इन्टरनल मेडिसिन विशेषज्ञ चिकित्सकको रूपमा काउन्सिलमा दर्ता गराएका छन् ।

यस्तै, ९ सय ९४ जनाले स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा नाम दर्ता गराउँदा जनरल सर्जरीमा ९ सय ४७, अर्थोपेडिक्समा ८०५, पेडियाट्रिकमा ७८१ जनाले विशेषज्ञको रूपमा दर्ता गराएका छन् । यस्तै रेडियोलोजी तथा इमेजिङ, लगायतमा विशेषज्ञता हासिल गर्ने चिकित्सकको दर पनि बढेको काउन्सिलको आँकडाले देखाएको छ ।