काठमाडौं । धरानमा ग्यास सिलिन्डर विस्फोट हुंदा आठजना घाइते भएका छन् । धरान उपमहानगरपालिका(१७ मा सोमवारराती ग्यास सिलिन्डर विस्फोट भएको हो ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा उपचार भइरहेको छ । घाइतेमध्ये सोनिका राईको अवस्था गम्भीर रहेको जनाइएको छ । राईसहितका तीन जनालाई काठमाडौं रिफर गर्ने तयारी गरिएको छ ।
घाइते हुनेमा ४२ वर्षीया अन्जना राई, ६६ वर्षीया राजकुमारी राई, आठ वर्षीय साङ्केन राई, १० वर्षीया सुनिहाङ राई, २७ वर्षीया सविता राई, २२ वर्षीया सोनिका राई, १९ वर्षीय अनिश कार्की र १८ वर्षीय वासुदेव खड्का रहेका छन् । ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको प्रहरीले अनुमान गरको छ ।