काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो बैठक बसेको हो।
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न सचिवालय बैठक बसेको बताइएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।














