भक्तपुरका नयाँ सिडीओलाई पत्रकारको दिए यस्तो सुझाव….

331

भक्तपुर । भक्तपुरमा केही दिन अगाडी मात्रै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी (सिडीओ) खगेन्द्र प्रसाद रिजालले जिल्लाका पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम आयोजना गर्नु भएको छ । सोमबार कार्यालयमा ओयोजिज कार्यक्रममा भक्तपुरमा सक्रिय पत्रकारहरुले प्रजिअलाई विभिन्न विषयमा सुझाव दिएका छन् । शनिबार र अन्य बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गरेर घुम्न हिड्नेको संख्या धेरै भएकाले सोको नियन्त्रण गर्नु पर्ने पत्रकारहरुले बताए ।

जिल्लाका संचालित माटो खानी, बालुवा अवैध उत्खननले गर्दा विनाश निम्त्याएकाले उचित समाधान हुनुपर्ने पत्रकारहरुको भनाई छ । भक्तपुर –नगरकोट, भक्तपुर–ताथली–नाला सडकलगायत अन्य योजनाहरुको काम समयमा नसक्दा सर्वसाधरणलाई दुःख भएको समेत सो अवसरमा जानकारी दिएको छ ।कार्यक्रममा पत्रकार महांसघका अध्यक्ष जगत प्रजापति, सहसचिव हेमराज ढकाल, सदस्यहरु संन्जीव दुलाल, हरि सुन्दर छुँका, रुपक ढुंगाना, पत्रकार पेशल आचार्य, कृष्ण किसी, पूर्णभक्त दुवाल, बाबुकाजी श्रेष्ठ, मदन ढुंगानालगायतको उपस्थिती रहेको थियो ।

सकौ राम्रो गरौं, नसके नराम्रो नगरौंः प्रजिअ रिजाल
सो अवसरमा प्रजिअ रिजालले आफुले मताहतका सबै कर्मचारीलाई सकिन्छ राम्रो काम गर्न सकिदैन नराम्रो नर्गन निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नु भयो ‘अरुले नगरेको काम सिडियो कार्यालयले गर्ने परिपाटी रहेकाले जनचासो र गुनासोलाई समाधन गर्दै अगाडी बढ्ने छु,’ ।