Wednesday, September 23, 2026
Home समाचार निधन भएका ४६ जनाको शव काठमाडौँ ल्याइयो

निधन भएका ४६ जनाको शव काठमाडौँ ल्याइयो

145

काठमाडौँ । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ४६ जनाको शव काठमाडौँ ल्याइएको छ । पोखरामा पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।

२४ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ । कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएकाले ती शवको डीएनएसमेत परीक्षण गर्नु पर्ने भएकाले ती शव काठमाडौँ ल्याइएको हो ।७२ जना सवार यति एयरको विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । जसमध्ये ७० जनाको शव भेटिएको हो भने २ जनाको स्थिति अझै अज्ञात छ ।