मुख्यमन्त्रीमा एमालेका लीला गिरीले गरे दावी पेश

23

टवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गरेका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गरेका हुन् ।

गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ । गिरीलाई प्रदेश सभाका १० मध्ये   ७ दल र २ स्वतन्त्र सांसदको समर्थन रहेको छ । प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए ।