शेखर–गगन पक्षले आफू पक्षीयको भेला बोलाउने

67

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन पक्षले आफू पक्षीय नेताहरुको भेला बोलाउने भएको छ ।

उक्त पक्षको बुधबार बिहान बसेको शीर्ष नेताको बैठकले आफ्नो पक्षको बैठक बोलाउने निर्णय गरेको हो ।

‘आज सामान्य छलफल ग¥यौं । केन्द्रीय समिति र प्रदेश समितिमा जितेका/हारेका सबैलाई बोलाएर अहिलेको समग्र परिस्थितिमा छलफल गर्ने कुरा भएको छ ।’ बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने ।

यो समूहको बैठक केन्द्रीय समितिको बैठक अघि नै डाकिने छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक २२ पुसमा बस्ने गरि बोलाएका छन् ।

आजको बैठकमा प्रदेशमा संसदीय दलको नेतामा उम्मेदवारी दिने वा कसलाई सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो । प्रदेश संसदीय दलमा आफ्नो पक्षको उम्मेदवारका बारेमा निर्णय लिन प्रदेश सभापतिमा प्रतिस्पर्धा गरेका आफू पक्षीय नेतालाई जिम्मेवारी दिइएको छ । ‘हाम्रो पक्षबाट प्रदेश सभापतिमा लडेकाले त्यस प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेर निर्णय लिन जिम्मेवारी दिइएको छ,’ नेता केसीले भने ।