पलाञ्चोकमा दम्पतीकाे हत्या: ‘त्रासले सर्वसाधारण विस्थापित’

151

काभ्रे । दम्पती हत्याको ४८ दिनसम्म हत्यारा पत्ता लगाउन नसक्दा पाँचखाल नगरपालिका ९ पलाञ्चोक भगवती साविक साठ्ठीघर भगवती गाविस ६ डाँडागाउँका सर्वसाधारण त्रसित छन् । घटनापछि छिमेकीहरु विस्थापित हुन थालेका छन् ।

‘२०७९ कार्तिक १९ गते दिउसो डाँडागाउँ निवासी ७८ वर्षीय रामबहादुर थापा मगर र ५९ वर्षीया गीता थापा मगर मृत अवस्थामा रहेको खवर प्राप्त भयो’– वडा अध्यक्ष रामकाजी श्रेष्ठले भने–‘सोहि दिन वडामा अचार बनाउने तालिम सञ्चालन भईरहेको थियो । तत्कालै घटनास्थल पुग्दा दम्पतीको निर्मम र पाशवीक हत्या भएको देखियो ।

हामीले तत्कालै नजिकै रहेको प्रहरी कार्यालयमा खवर ग¥यौं । जिल्लाबाट प्रहरी प्रमुख एसपी चक्रराज जोशी सहितको टोली आएर अनुसन्धान ग¥यो । प्रहरीको विशेष अनुसन्धान टोली कुकुरसहित लिएर घटनास्थल आयो । तर पनि दम्पती हत्याको सुईको प्रहरीले पाउन सकेको छैन ।’ वडाध्यक्ष रामकाजी श्रेष्ठले घटना भएको लामो समय प्रहरीले अनुसन्धानबाट हत्यारा पत्ता लगाउन नसकेकै कारण छिमेकीहरु डरले विस्थापित भएको बताए ।