प्रतिनिधि सभाका सांसदहरूले शपथ लिए

77

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । विभिन्न १४ भाषामा २५ जना सांसदले शपथ लिएका थिए। अरूले नेपाली भाषामा शपथ लिएका छन् ।
ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ खुवाएका हुन् । प्रतिनिधि सभामा २७५ जना सांसद छन्। तर आज १७ जना सांसद अनुपस्थित रहेका थिए ।

सांसदका रूपमा कामकारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने व्यवस्था संविधानमा छ। संसदमा ८९ जना सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल हो भने नेकपा माओवादी केन्द्रबाट ३२ जना सांसद छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन्।