काठमाडाैँ । नवनिर्वाचित सांसदहरूको शपथग्रहण अगाडि बस्ने भनिएकाे सर्वदलीय बैठक सुरु भएकाे छ। बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा केहीबेरअघि सुरु भएकाे हाे।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बसेकाे हाे। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक-एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरू सहभागी छन्।














