Tuesday, September 22, 2026
Home अन्तर्राष्ट्रिय राजकुमारीलाई हृदयाघात

राजकुमारीलाई हृदयाघात

37

काठमाडौं । थाईल्याण्डको राजकुमारीलाई बुधबार बिहान हृदयाघात भएको राजदरबार स्रोतले जनाएको छ। राजा वाजिरालोन्क्रोर्नका जेठी छोरी राजकुमारी बज्रकिटियाभा राजधानी बैंककको उत्तरी पूर्व क्षेत्रमा कुकुरहरूलाई प्रशिक्षण दिइरहेको बेला हृदयाघात भएको थियो।

४४ वर्षीय राजकुमारीलाई नजिकै रहेको अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरबाट बैंककमा ल्याएर उपचार भइरहेको छ । दरबारका अनुसार अहिले उहाँको स्वास्थ्यस्थित केही हदसम्म सामान्य रहेको छ ।