तोलामा १ हजार रुपैयाँले बढ्याे सुनकाे मूल्य

22

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेकाे हाे।

छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँ प्रतितोलामा काराेबार भएकाे थियाे।

सुनकाे मूल्यसँगै चाँदीको मूल्य पनि बढेकाे छ। प्रति तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।