Saturday, October 17, 2026
Home अर्थ बिहेको मौसममा बढ्यो सुनको मुल्य

बिहेको मौसममा बढ्यो सुनको मुल्य

26

काठमाडौं । बिहेको मौसममा नेपाली बजारमा सुनको दिनानुदिन उकालो लागिरहेको छ।अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी गर्नेहरु बढ्दा उच्च मागका कारण स्थानीय बजारमा सुनको बजेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ तोकेको छ। यस्तै तेजावी सुनको भाउ १ लाख रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै चाँदीको भाउ पनि बढेर तोलाको १ हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन शुक्रबारको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँ तथा चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७९७ डलर र चाँदी प्रतिऔसत २३ दशमल ४८ डलमा कारोबार भइरहेको छ।