काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक २१.२६ अंकले बढेर १९०४.४३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको छ।
सोमबार कारोबारमा आएका २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि बढेको छ। सोमबारमा ७७ करोडको शेयर खरिदबिक्री भएको थियो।
सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्से परिसूचक बढेसँगै तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९.८४ प्रतिशत बढेको छ। त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.३९ प्रतिशत बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।
सोमबारको शिवम सिमेन्ट्सको कारोबार १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।