Wednesday, October 7, 2026
Home ताजा अपडेट स्कुलको बसबाट टाउको बाहिर निकाल्दा बालकको मृत्यु

स्कुलको बसबाट टाउको बाहिर निकाल्दा बालकको मृत्यु

91

काठमाडौँ । काठमाडौँको लाजिम्पाटमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ।

हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालले बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।