Thursday, September 24, 2026
Home समाचार भ्यानबाट खसेर बालकको मृत्यु

भ्यानबाट खसेर बालकको मृत्यु

113

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ सानो किशानमा आज गुडिरहेको म्याजिक भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय नर बहादुर राईका ७ वर्षीय छोरा पृथ्वी राई रहेका छन्।

ना ३ च ५७५३ नम्बरको भ्यानबाट आज मध्यान्ह १२ बजे खसेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।