Sunday, October 4, 2026
Home समाज पाँच हजार रुपैयाँ घुससहित अपरेटर पक्राउ

पाँच हजार रुपैयाँ घुससहित अपरेटर पक्राउ

35

वीरगञ्ज । पाँच हजार घुस रकमसहित सोमबार जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ परेका छन्।

अख्तियारको टोलीले घुससहित कार्यालयका कम्प्युटर अपरेट सञ्जय कुमार यादवलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले रोक्का राखेको जग्गा फुकुवा गराइदिने भनि सेवाग्राहीसँग यादवले घुस मागेका थिए। सोही सूचनाको आधारमा खटिएको टोलीले उनलाई घुससहित रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीको लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइने अख्तियारको हेटौंडा कार्यालयका सूचना अधिकारी सापकोटाले जानकारी दिए।