काठमाडाैँ । नेपाली सेनाका एक जना हुद्दा(हवल्दार) साेमबार बिहान काठमाडौँको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
नुवाकोट घर भई हाल काठमाडौँको तीलगंगा बस्दै आएका बन्दबस्ती कार्य हुद्दा भुवन पुडासैनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लबमा झुण्डिएको अवस्थामा फेला परेकाे नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
उनले भने,’उनी गल्फ क्लबमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। सुसाइट नाेट फेला परेकाे भन्ने जानकारी आएकाे छ। हाम्राे सैनिक प्रहरी र नेपाल प्रहरीकाे टाेलीले अनुसन्धान गर्दैछ।’
साथै, उनले शव पाेस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएकाे पनि बताए।














